जयगढका आगलागी पीडितलाई सहयोग रकम जुट्दै

धनगढी : अछामको जयगढ बजारमा आगलागी पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ। अग्नि पीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको हो।

जयगढ बजारमा भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रकम दिने भएको छ। यस्तै स्थानीय बान्नीगढी जयगढ गाउँपालिकाले तत्काल राहतका लागि छ लाख रुपियाँ दिने निर्णय भएको छ । राहतका लागि भन्दै नेकपा (एमाले) अछामले आगलागी पीडितका लागि एक लाख ११ हजार र नेपाली काँग्रेस अछामले एक लाख रकम सहयोग गर्ने घोषणा गरेका छन्।

Seti Hospital

आगलागी पीडितका लागि पञ्चदेवल विनायक नगरपालिकाले एक लाख रुपियाँ सहयोग गर्ने भएको छ । यस्तै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले एक महिनाको सेवा सुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ। धनगढीको माया मेट्रो अस्पतालले एक लाख ५१ हजार ५१ हजारको चेक दिएको छ। पत्रकार धनराज साउदले अरू पसल बचाउनका लागि आफ्नो घर भत्काउन सहयोग गर्नेलाई १० हजार सहयोग गर्ने घोषणा गरेका छन्।

गत मङ्गलवार राति आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसल जलेर नष्ट भएको बान्नीगढी जयगढ गाउँपालिकाले बताएको छ। जयगढ बजारमा भएको आगलागीमा सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि विस्तृत रूपमा विवरण सङ्कलन भइरहेको छ।

बान्नीगढी जयगढ गाउँपालिकाले पीडितको तत्कालका लागि व्यवस्थापन भइसकेको दीर्घकालीन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको गाउँपालिकाले बताएको छ। गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले सहयोग घोषण हुँदै आएको बताए। तर, प्रदेश सरकारबाट रकम हस्तान्तरण हुन बाँकी हरेको उनले बताएका छन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार