प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवलाई 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आगामी अर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न सबै मन्त्री र सचिवलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार हुनेछ ।

बैठकमा सबै मन्त्री र सचिव सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् । सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार