काठमाडौँ : राजावादी आन्दोलनमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् ।
बुधवार सामाजिक सञ्जाल फेसबुकमा लाइभ बस्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले भनेका छन् ‘म भागेको होइन, जोगिएको मात्रै हो किनभने म रहेभने यो अभियान सफल हुन्छ । जनविद्रोह सफल हुन्छ । म नै रहिन भने यो जनविद्रोह दबेर जान्छ ।’
उनले भिडिओमा आफू रहे मात्रै अभियान सफल हुने बताए । आफू व्यक्ति मात्रै नभएर विचार भएको उनले दाबी गरे ।
भने ‘भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुन्छ। यात्रा भनेको एउटा व्यक्तिले नै सुरु गर्ने हो। र, यस्ता अप्ठ्यारा कुराहरू एउटा व्यक्तिबाटै सुरु हुन्छ। र एउटा व्यक्तिबाटै विचार हुन्छ’ उनले भनेका छन्, ‘दुर्गा प्रसाईं केवल व्यक्ति दुर्गा होइन, घर घर दुर्गा हर हर दुर्गा, दुर्गा एउटा विचार हो।’
उनले पेरुका गोञ्जालोको उदाहरण दिँदै आफै नरहे राजावादी आन्दोलन सेलाएर जाने दाबी पनि गरेका छन् ।
प्रतिक्रिया दनुहोस्