धनगढी : कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा मतदान भईरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको कैलाली बहुमुखी क्याम्पसमा निर्धारीत समयमै मतदान सुरु भएको हो । आजको मतदान प्रक्रियामा पहिलो मत यस क्याम्पसमा एम।ए। तेस्रो सेमेस्टरमा अध्ययनरत ७५ वर्षिय पुर्णानन्द जोशीले खसाउनु भएको छ । यस क्याम्पसमा दर्ता भएका विभिन्न ११ वटा संघ, संगठन, समुह र स्वतन्त्र गरि प्रत्यक्ष तर्फ अध्यक्ष पदका लागि ६ जना, सचिव पदमा ६ जना, कोषाध्यक्ष पदमा ५ जना र सदस्यमा ३४ जनाबिच चुनावी प्रतिस्पर्धा हुँदै छ ।
आजको मतदान प्रक्रियाका लागि कैलाली बहुमुखी क्याम्पसमा ३ हजार ५९० जना मतदाता रहेको निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

प्रतिक्रिया दनुहोस्