जयगढ बजारका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख दिने

धनगढी : अछामको जयगढ बजारमा भएको आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। प्रदेश विपद् परिषदको बुधवार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ गाउँपालिकालाई दिने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारले बान्नीगढी–जयगढ गाउँपालिकाको बैँक खातामा रकम पठाउने छ। गाउँपालिकाले मापदण्ड बनाएर राहत वितरण गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। उनले जयगढ बजारमा मङ्गलवार साँझ भएको आगलागीबाट पीडित भएकाहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको हो। मुख्यमन्त्री शाहले भने, ‘मङ्गलवार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरूप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ।’ सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए।

Seti Hospital

यसका साथै प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने प्रदेश सरकारले बताएको छ। आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकारसम्मलाई पुनर्निर्माणका सन्दर्भमा सहयोगको अपिल समेत मुख्यमन्त्री शाहले गरेका छन्। प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई जयगढ पठाउने निर्णय समेत गरको छ।
जयगढ बजारमा मङ्गलवार राति भएको आगलागीबाट २९ वटा घर तथा पसलहरू जलेका छन। सात सात करोड बढीको क्षति भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार