बल्खुमा राप्रपाको बृहत खबरदारी सभा सुरू

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता र समर्थकहरू बल्खुस्थित आमसभास्थलमा भेला हुन थालेका छन् ।

राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ ।

Seti Hospital

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खु क्षेत्रमा सभा गर्न लागेको हो ।

राप्रपाले बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शनका गर्दैछ । त्यसपछी वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

गत गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन जोड दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार