खुस्बु ओलीले भनिन्- प्रचण्ड र बाघजस्तो झम्टेऊ भन्ने केपी ओलीलाई कारवाही हुनुपर्छ

काठमाडौँ : राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् ।

उनले काँग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरेकी छन् ।

Seti Hospital

राप्रपाले मंगलवार काठमाडौँमा आयोजना गरेको जनप्रदर्शनका क्रममा बल्खुमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रवादी नेता कार्यकर्तालाई बोल्न नदिएर देशमा लोकतन्त्र होइन दासहरू मात्र बाँच्न पाउँछन् भन्ने सन्देश दिइएको बताइन् ।

ओलीले राप्रपा नेताहरूलाई पक्राउ गरेर थुनेकोमा आपत्ति जनाउँदै कारवाही राष्ट्रवादीहरूलाई होइन अहिलेको दलका नेताहरूमाथि हुनुपर्ने बताइन् ।

ओलीले भनिन्,‘५ हजार मैले मारेको हुँ भनेर स्वीकार गर्ने ‘प्रचण्ड’लाई कारबाही गर्नुपर्छ । राष्ट्रवादीहरूमाथि बाघ बनेर झम्टिन आह्वान गर्ने केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्छ । बालसेना प्रयोग गरेर हत्या हिंसा मच्चाएको स्वीकार गर्ने बाबुराम भट्टराईमाथि कारबाही हुनुपर्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार