कुलमानको प्रश्न- उद्योगीबाट बिजुलीको पैसा उठाउन खोज्नु अपराध हो ?

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई हजारौं कागजात मागेर हतोत्साही बनाउने काम भएको बताए ।

महसुल उठाउन खोज्दा माथिल्लो निकायबाट अवरोध भएको उनको भनाइ छ ।

उद्योगीहरुबाट बिजुलीको बक्यौता उठाउन खोज्दा आफू पदबाट हट्नु परेको उनको दाबी छ ।

‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्नु अपराध भएको हो ?,’ उनले भने, ‘यसको जवाफ जनताले दिने छन् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार