राजेन्द्र लिङ्देनले भने- प्रदर्शनकारीसँग एउटा लाठीसमेत थिएन, अन्दाधुन्दा गोली चलाएर राज्यले हिंसा भड्कायो

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा हिंसा भड्काउन सरकारको हात रहेको दाबी गरेका छन् ।

सरकारलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तीनकुनेको प्रदर्शनमा सरकारले नै हिंसा भड्काएको दाबी गरे ।

Galaxy

उनले भने, ‘हिंसा भड्काउन सरकार नै संलग्न भएको पाइन्छ, मञ्चमा राष्ट्रिय गान बजिरहेको छ, कार्यक्रम सुरु हुन लागिरहेको छ । त्यहाँ अन्दाधुन्दा अश्रुग्याँस प्रहार गरिन्छ । बाटोमा हिँडिरहेका मान्छेहरूलाई गोली हालिएको छ । कार्यक्रम स्थलबाट धेरै टाढा रहेका कुनै सम्बन्ध नरहेका, मानिसहरूलाई घरमा पस्दै गर्दा पनि गोली हानिएको छ, सरकारले यतिधेरै हिंसात्मक भयो भनिरहँदा प्रदर्शनकारीहरूसँग एउटा लाठी पनि फेला नपारेको स्थितिमा सरकारले यतिधेरै गोली किन चलायो । झण्डै २५० राउण्ड गोली चलाइएको छ ।’

उनले राज्य पक्ष सुनियोजित रूपमै हिंसा भड्काउन लागिपरेको देखिएको भन्दै निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार