राजावादी आन्दोलनमा संलग्न थप २० जना पक्राउ

काठमाडौँ : काठमाडौँस्थित तीनकुनेमा भएको राजावादीको आन्दोलनमा संलग्न भएको आरोपमा थप २० जनालाई पक्राउ गरिएको छ ।

चैत १५ मा भएको उक्त प्रदर्शनमा अपराधजन्य घटनामा संलग्न भएको आरोपमा थप २० जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा कुमार बस्नेत‍, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह रहेका छन् ।

त्यस्तै आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार र विष्णुजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार