राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी पक्राउ

काठमाडौं : राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) पक्राउ परेका हुन् । माइतीघर मण्डलामा कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शन भइरहेका बेला भिडमा उनी राजसंस्था समर्थित ब्यानरसहित देखिएका हुन् ।

Seti Hospital

उनी अमेरिकी नागरिक हुन् । उनी वल्र्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए ।
उनको नेतृत्वमा ८–१० जना जम्मा भई ‘शुद्ध शाहाकारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो त्यसैले प्लाष्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस,’ जस्ता नारासहित प्रदर्शन भएको थियो ।

जुलियनको मोबाइलमा पासपोर्टको फोटो भेटिएको छ, तर मिति सकिएको । प्रहरीलाई उनले आफूसँग पासपोर्टको सक्कल प्रति रहेको र पेश गर्ने भनेका छन् । ‘यदि म्याद सकिएर्को नै हो भने उनीमाथि अध्यागमन कानुनअनुसार कारवाही हुन्छ’, प्रहरीले भन्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार