चन्दा सङ्कलन गरी पन्ज्युनयाँमा २१ फिट अग्लो श्रीरामको मूर्ति निर्माण

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–६,पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ।

देश तथा विदेशबाट गरेर पाँच लाख चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको राममूर्ति निर्माण समितिका अध्यक्ष वीरसिंह कार्कीले जानकारी दिए। उनले भने, “देश तथा विदेशबाट चन्दा सङ्कलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण गरेका छौँ । मन्दिरको बाह्य रङरोगनलगायतका अन्य निर्माण कार्यहरू चलिरहेका छन्।” 

Seti Hospital

यही चैत २४ गते रामनवमीको दिन पारेर भगवान् श्रीरामको मूर्तिको औपचारिक उद्घाटन (प्राणपचिस्टा) गरिने समितिले जनाएको छ। यस अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्ने गर्छ, जसमा बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागिता हुने गरेको छ। धार्मिक रूपमा महत्वपूर्ण यस स्थलबारे स्कन्द पुराणमा समेत उल्लेख गरेको पाइन्छ।

जमाडी र चौलानी नदीको सङ्गमस्थल बैतडीको साबिक ढिक क्षेत्र, हालको दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिकाका साथै दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका भक्तजनहरूको आस्थाको केन्द्र रहेको यस स्थानमा परापूर्वकालदेखि नै रामनवमीका अवसरमा भव्य मेला लाग्दै आएको मूर्ति निर्माणका प्रस्तावक तथा समितिका सदस्य नैनसिंह गोयलाले जानकारी दिए।

यहाँ तीर्थ, व्रत, विवाहलगायत विभिन्न धार्मिक तथा पैतृक कार्यहरू हुँदै आएका छन्। रामन्दिर क्षेत्रमा निकट भविष्यमा होमकुण्ड पनि निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष कार्कीले बताए। राममन्दिर क्षेत्र परिसर फराकिलो गर्न स्थानीय बलदेवसिंह कार्की, कृष्णसिंह कार्की, भानसिंह कार्की र गणेशसिंह कार्कीले जग्गादान गरेका छन्। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार