न्याय क्षेत्रलाई सुधारेरै छाड्छु : प्रधानन्यायाधीश

काठमाडौं : सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ ।

आज (मंगलबार) सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।

Seti Hospital

त्यस्तै उनले जिल्ला अदालतमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको समेत सुरुवात गरे । यसबाट मुद्दाको सुनुवाई प्रक्रिया छिटो छरितो हुने तथा अदालतमा न्यून कागजात प्रयोग हुने निकायको रुपमा विकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ ।

कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत् हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउँदै सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले जसरी भएपनि न्याय क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाए । अदालतहरूको मुद्दा व्यवस्थापनलाई सरल, सहज र प्रभावकारी बनाउन सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोगमा जोड दिइरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार