देउवालाई ज्ञानेन्द्र शाहीको कटाक्ष- बीपीको सिद्धान्त बेचेर खानुभएछ, राजाको बारेमा चुनाव गराउने हिम्मत छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्त बेचेर खाएको आरोप लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लोसमय बढ्दो सक्रियतालाई लक्षित गर्दै सभापति देउवाले आइतबार एक सार्वजनिक कार्यक्रममा राप्रपालाई सुझाव दिँदै भनेका थिए, ‘उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।’

Seti Hospital

त्यसपछि राप्रपाका शाहीले यसको कटाक्ष गरेका हुन् । देउवालाई जवाफ दिँदै शाहीले भनेका छन्, ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ । राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ । त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ।’

साथै उनले थपे, ‘जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ? हिम्मत छ ?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार