धनगढी : स्वतन्त्र विद्यार्थी युनियनकोको चुनावका क्रममा चैत ५ गते नेपाली काँग्रेसका पदाधिकारी माथि दुर्व्यवहार गर्ने सुरक्षा कर्मीलाई कार्वाहीको माग गर्दै विज्ञप्ति निकालेको छ । नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ का क्षेत्रीय कार्यसमितिका सभापति प्रकाश शाह, प्रदेश (ख)का सभापति बलिराम चौधरी, टीकापुर नगर सभापति नरेश कुमार खत्रीले संयुक्त रुपमा बिज्ञप्ती प्रकाशित गरि कार्वाहीको माग गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा शान्ति सुरक्षामा खटिएका प्रहरी निरीक्षक बलेन्द्र नाथ , प्रहरी सहायक हवल्दार सुरेश बलायर , प्रहरी जवान पदम वडु लगायतले निर्वाचन नै बिथोल्ने गरि गरेको व्यवहार प्रति गम्भीर भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
सुरक्षा कर्मीले विद्यार्थीसँगै नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ का क्षेत्रीय सचिव धनञ्जय रिमाल (फक्किर), नेपाल तरुण दल टीकापुर नगर कार्यसमितिका सचिव विशाल आचार्य , नेपाल किसान महासंघका जिल्ला सचिव अनन्त खड्का लगायतका नेता कार्यकर्ताहरु माथि गरेको धरपकडको घोर भत्सना र कार्वाहीको माग गरेको छ।
आफुहरु माथि गरेको व्यवहारलाई सामान्य रुपमा लिए आन्दोलित हुने समेत विज्ञप्ति मार्फत् जानकारी गराएका छन ।
यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया दनुहोस्