‘जनताले उठाएका आवाजलाई सरकारले नजरअन्दाज गर्दैछ’ -सांसद जनार्दन शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधी सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानून अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन् ।

khadya

‘संविधान र लोकतन्त्रको पक्षधर पार्टी र सरकारले जनतामा देखेका निरासा आक्रोश र विरोधलाई नजरअन्दाज गर्नुहुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको परिधीमा रहि लोकतन्त्रको बाटोबाट हेर्दा जनताले प्रश्न गर्नु उनीहरुको अधिकार हो । यसलाई आत्मसाथ गर्दै गम्भिर समिक्षा गर्नुपर्छ,’ उनले भने ।

उनले राजतन्त्र नआउने र आउन नदिने भन्दै उन्नत लोकतन्त्रको साथ अगाडि बढ्ने पनि बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार