बर्दी बिसाउँदै ‘विशिष्ट ब्याच’ :आईजीपी कुँवरसहित ९ जना एकैदिन अनिवार्य अवकाशमा

काठमाडाैं : नेपाल प्रहरीको १०८ औं ब्याजलाई विशिष्ट ब्याचको रुपमा मान्न सकिन्छ । २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट संगठनमा प्रवेश गरेका ५२ जनामध्ये १६ जना विशिष्ट श्रेणीसम्म पुग्न सफल भएका छन् ।

सोही ब्याचका अन्तिम ९ जनाले भोलि अर्थात् यही चैत ४ गते मध्यरातदेखि बर्दी बिसाउँदैछन् । प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरसहित ५ जना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) र ३ जना प्रहरी नायब महानिरिक्षक (डिआईजी)हरुले ३० वर्षे सेवा अवधिका कारण सोमबार मध्यरातदेखि अनिवार्य अवकाश पाउन लागेका हुन् ।

Seti Hospital

उनीहरुलाई बिदाई गर्नुअघि नै सरकारले प्रहरी महानिरिक्षक (आईजी) नियुक्त गर्नुपर्ने प्रचलनलाई सोमबार बस्ने मन्त्रीपरिषद्ले नयाँ आईजीमा बढुवा गर्नुपर्ने हुन्छ । त्यसका लागि वर्तमान एआईजी दीपक थापा सबैभन्दा बढी दाबेदार रहेका छन् । अन्य दुई प्रतिस्पर्धी एआईजीहरु सुदीप गिरी र टेकबहादुर तामाङभन्दा एक महिना सिनियर भएका कारण थापाले आउने ६ महिनाका लागि संगठनको नेतृत्व गर्ने प्रबल सम्भावना रहेको छ ।

आईजीपी कुँवरसँगै एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह , कुवेर कडायत र जनक भट्टराईले अवकाश पाउँदैछन् । डीआईजीजीहरू गणेश चन्द,  ध्रुवराज राउत र भोला रावलले पनि भोलिदेखि संगठनबाट औपचारिक रुपमा सधैंका लागि बिदाई लिँदैछन् ।

आईजी कुँवरको १०८ औं ब्याजमा सेवा प्रवेश गरेका ५२ जनामध्ये १६ जना विशिष्ट श्रेणीसम्म पुगेका छन् । त्यसैले यस ब्याचलाई कहिले–कसो विशिष्ट ब्याच पनि भन्ने गरिन्छ ।

५२ जना इन्स्पेक्टरमा भर्ना भएका मध्ये नेपाल प्रहरीमा ५० जना र दुईजनालाई विशेष प्रहरीमा भर्ना लिइएको थियो । यो ब्याचबाट एआईजी अर्थात् विशिष्ट श्रेणीमा पुग्नेहरुमा टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुवेर कडायत, रवीन्द्र केसी र जनक भट्टराई रहेका छन् । एआईजीहरू भण्डारी, ज्ञवाली, बज्राचार्य, जोशी, चाैधरी, रामदत्त जोशी, राणा, बोहरा, ढकाल र केसीले यसअघि नै अवकाश लिइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार