दार्चुला : दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका केशव राज जोशीको उपचारको क्रममा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा मोटरसाइकल दुर्घटना हुदा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक ३६ वर्षीय केशब राज जोशी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते जोशीको उपचारको क्रममा आज विहान ज्यान गएको हो । जोशीको खुट्टा र कम्मरमा चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ । बौद्धिक तथा समाजसेवी युवा जोशीको निधनले सिंगो परिवार र शुभचिन्तक स्तब्ध भएका छन् ।
प्रतिक्रिया दनुहोस्