बैतडीमा भाइको गोली हानेर हत्या गर्ने अभियुक्त कर्णबहादुर बिष्ट सार्वजनिक

बैतडीः बैतडीमा भाइको गोली हानेर हत्या गर्ने अभियुक्त कर्णबहादुर बिष्टलाइ प्रहरीले सार्वजनिक गरेको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २१ वर्षीय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्त ४२ वर्षीय कर्णबहादुर बिष्टलाइ बुधवार प्रहरीले सार्वजनिक गरेको छ। फागुन १७ गते राति करिब ८ः३० बजे, सुरेन्द्र बिष्टको गोली प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले बताए।

४० हजार रुपैयाँ लेनदेनसम्बन्धी विवादकै कारण कर्णबहादुर बिष्टले आफ्नै नाता पर्ने सुरेन्द्रलाई बिष्टलाइ गोली हानेर हत्या गरेका थिए। फागुन २५ गते दोगडाकेदार–८ पत्थरखानीस्थित ओढार क्षेत्रमा प्रहरीले अभियुक्तले प्रयोग गरेको झोला फेला पारेको थियो। सोही स्थानमा मङ्गलवार हत्यामा प्रयोग भएको भरुवा बन्दुक, गोली, मोबाइल, सिमकार्डलगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका कर्णबहादुरलाई प्रहरीले फागुन २३ गते दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु नाकाबाट पक्राउ गरेको थियो। उनी भारततर्फ भाग्ने क्रममा पक्राउ परेका थिए। अभियुक्त कर्णबहादुर बिष्टमाथि जिल्ला अदालतबाट फागुन २३ गतेदेखि लागु हुने गरी १० दिनको म्याद थपिएको छ। कर्तव्य ज्यान मुद्दामा उनीमाथि विस्तृत अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार