प्रचण्डले सम्बोधन गर्दा यसपटक पनि प्रधानमन्त्री ओली अनुपस्थित रहने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहने भएका छन्। प्रधानमन्त्री ओली विराटनगर जाने जाने कार्यक्रम भएकाले भएकाले प्रचण्ड बोल्दा प्रतिनिधिसभामा अनुपस्थित रहनेछन्।

प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाँदै छन्। यसकारण पनि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बैठकमा उपस्थित रहने छैनन्।  

khadya

यसअघि गत २४ माघमा पनि प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा प्रधानमन्त्री ओली उपस्थित थिएनन्। त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओलीको खोजी गरेका थिए। 

उनले भनेका थिए, ‘संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्ता पक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधनमन्त्री उपस्थित रहने परम्परा छ।’

त्यस दिन प्रधानमन्त्री ओली उपस्थित भएनन्। सो समयमा उनले टिकटकरलाई बालुवाटारस्थित निवासमा भेटेको तस्वीर सार्वजनिक भएको थियो। त्यसपछि प्रधानमन्त्रीको आलोचना पनि भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार