१ करोड धरौटी खारेज गर्न माग गर्दै उच्च अदालत बुटवल पुगे रवि

काठमाडौं : रास्वपाका सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।

सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले मागेको १ करोड धरौटी खारेज गर्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।

Galaxy

लामिछाने सोमबार बिहानै उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए । जिल्ला अदालतको धरौटीको आदेश बदर गर्न माग गरेका थिए ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले निवेदन दर्ता गराएका छन् ।

लामिछानेलाई धरौटी नभई थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालतमा पुगिसकेको छ ।

दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’ नम्बरअन्तर्गत अगाडि बढाइने उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार