फलाम खानीको सम्भाव्यता अध्ययनका लागी मन्त्रालयलाई गाउँपालिकाको पत्र 

बाजुराः बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई पत्र पठाएको छ।

पालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पालिकामा फलाम खानीको सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको हो। परापूर्वकालमा उत्खनन  गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्।

SHIKHAR COOL TECH

स्थानीयले पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोग गर्ने गरेका छन्। हालसम्म पनि देखे सुनेका व्यक्तिहरूले औजारहरू प्रयोग गर्ने गरेको तथ्य समेत रहेकोले सम्भाव्यता अध्ययन गरी फलाम उत्खननका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ। पालिकाका ४, ५ र ६ नम्बर वडामा फलाम खानीको सम्भावना रहेको छ। 

गाउँपालिकाले फागुन १८ गते पत्र पठाएकोमा मन्त्रालयले सोही दिन दर्ता गरेको छ। दर्ता नम्बर १६७ मा दर्ता पत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सचिवलाई आवश्यक पक्रिया अघि बढाउन भनेका छन्। फलाम खानी उत्खनन  गर्न सके हजारौँको रोजगारी र विदेशबाट आउने फलाम नेपालमै उत्पादन गरी आर्थिक वृद्धि गर्न सकिने विश्वास गाउँपालिकाको छ।

पालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट र विज्ञको माग गरेकोे छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार