दार्चुला : भारतको धारचुला नजाङ्गमा पहिरोमा परी दार्चुलाका एक जनाको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडा (रैचु) का २० वर्षीय सन्तोष सिंह ठगुन्नाको ज्यान गएको हो । शनिवार (आज) दिउँसो गएको पहिरोमा परेर अन्य ५ जना घाइते भएको नौगाडबाट स्थानीय जयभान सिंह धामीले रेडियो लोकदर्पणलाई जानकारी दिए ।
घाइते हुनेमा नौगाड गाउँपालिका वडा नम्बर ६ का गणेश सिंह ठगुन्ना, दिपक सिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् एक जना भारतीयको भने पहिचान खुल्न सकेको छैन् । उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम गर्ने मजदुर हुन् ।
पसलमा बसिरहेको अवस्थामा पहिरो आएको बताइएको छ । पहिरोमा पुरिएका उनीहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्याइएको धामीले जानकारी दिए ।
प्रतिक्रिया दनुहोस्