प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशन सुरू, अध्यक्षमा कार्की र ढुंगाना दावेदार

धनगढी /  प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले उद्घाटन गरेका छन् ।

शनिबारसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा विशिष्ट अतिथिको रुपमा प्रेस चौतारी नेपालका ईन्चार्ज राजेन्द्र गौतम, नेकपा एमाले सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, पार्टिको स्थायी कमिटि सदस्य कर्णबहादुर थापा, लिला भण्डारी, स्थाई समिति सदस्य सदस्य खगराज अधिकारी रहेका छन् ।

Galaxy

अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारी, सदस्य, ससदूरपश्चिम प्रदेश नौ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ । सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्ण ओलीको सभाध्यक्षतामा सुरु भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने जनाइएको छ ।

अध्यक्षमा नरेन्द्र कार्की र सुशील ढुंगाना दावेदार रहेका छन् । यस्तै महासचिवमा भने भानुभक्त आचार्य प्रवल दावेदारका रुपमा रहेका देखिन्छन् भने, श्रोतका अनुसार प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा नरेन्द्र कार्कीको बलियो सम्भावना रहेको जानकारी आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार