धनगढीको सिद्धनाथ मा.वि.मा पाँच करोड २७ लाख बढीको भवन निर्माण हुँदै !

धनगढी : धनगढी उपमहानगरपालिका–१२ को सिद्धनाथ माध्यमिक विद्यालयमा पाँच करोड २७ लाख बढीको भवन निर्माण हुँदैछ।

सिद्धनाथ माध्यमिक विद्यालय, जुगेडामा पाँच करोड २७ लाख ३३ हजार ६२१ रुपैयाँको लागतमा विद्यालय भवन निर्माण हुने भएको हो। भारत सरकारको ‘नेपाल–भारत विकास साझेदारी’ कार्यक्रम अन्तर्गत धनगढीको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ।

khadya

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत धनगढी उपमहानगरपालिकाले गत वर्ष नै धनगढीका पाँच वटा नमुना विद्यालयको भवन निर्माण गर्न डिपिआर तयार गरेर र काठमाडौंस्थित भारतीय राजदुताबामा पेस गरेको थियो। पहिलो चरणमा जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको हो।

विद्यालय भवनको निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर हुने बित्तिकै बोलपत्र आह्वान गरिने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरले वडा नम्बर ९ को भवानी मावि, वडा नम्बर ११ को ठेकराज मावि, वडा नम्बर १६ को बेहडाबाबा मावि र वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालय भवनको डिपिआर तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत भारती दूतावासमा पठाइएको थियो।

विद्यालय भवन निर्माणका लागि ‘नेपाल–भारत विकास साझेदारी’ कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाको प्रस्तावमा दूतावासले रकम उपलब्ध गराउने भएको छ।

समझदारीमा विद्यालय भवन निर्माणका लागि छिट्टै बोलपत्र आह्वान गरिने र कुल लागतको १० प्रतिशत रकम उपमहानगरपालिकाले ब्यहोर्ने छ। निर्माण सम्झौता भएको १५ महिनाभित्र विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिने नगर प्रमुख गोपाल हमालको सचिवालयले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार