गफैमा देश चलाउने हो भने कालोसूचीको ढोका पनि टाढा छैन : सांसद सोविता गौतम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रभावशाली नेतृ तथा सांसद सोविता गौतमले अहिलेको जस्तै गफैमा देश चलाउने हो भने कालोसूचीको ढोकापनि अब टाढा नभएको टिप्पणी गरेकी छिन् । हवाई क्षेत्रमा इयूले लगाएको प्रतिबन्ध एक दशक बितिसक्दापनि नहटेको अवस्थामा अहिले फेरि नेपाल ग्रे लिष्टमा परेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।

उनले सरकारले आँखा चिम्लेर बसेपनि विश्वले नेपालको कमजोर नीति, भ्रष्टाचार र अपारधप्रति देखाएको मौन समर्थनसँग हिसाब गरिरहेको बताएकी छिन् ।

Seti Hospital

उनले फेशबुकमा लेखेकी छिन् : वाह सरकार! अर्को ऐतिहासिक सफलता! सन् २०१३ मा युरोपेली संघले नेपाली हवाईक्षेत्रमाथि प्रतिबन्ध लगाएर हाम्रो देशको हवाई क्षेत्रको वास्तविकता उजागर गरिदिएको थियो, एक दशक बितिसक्दा पनि त्यो कालोसूचीबाट हट्न सकेको छैन। अहिले फेरि अर्को गौरवशाली उपलब्धि नेपालको ग्रे लिस्टमा समावेश! बाधाई छ, सफलताका शृंखलाहरू त निरन्तर उकालो लाग्दैछन्!

सरकारले आँखा चिम्लेर बसे पनि विश्वले हाम्रो देशको कमजोर नीति, भ्रष्टाचार, र अपराधप्रति देखाएको मौन समर्थनसँग हिसाब गरिरहेको छ। अब न लगानी सहज हुन्छ, न बैंकिङ प्रणालीमाथि विश्वास रहन्छ, तर सरकार भने जुँगा मुसार्दै बसेको छ, सबै ठीकै छ भन्ने पुरानै धुन दोहोर्याउँदै। यदि यस्तै गफैमा देश चलाउने हो भने, कालोसूचीको ढोका पनि टाढा छैन!

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार