बालेनको ट्रम्पलाई व्यंग्य- ‘अल्छि अमेरिकनले देश बनाउन सक्दैनन्’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन्।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका हुन्।

Galaxy

उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईँले हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन् । तपाईँ गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन् ।’

बालेनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए । साथै बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन् ।

गत जनवरी २० मा अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रोपटक हृवाइटहाउस प्रवेश गरेका ट्रम्पका नीति घोषणा र आदेशले सारा विश्वलाई तरंगित बनाउँदै लगेको छ ।ट्रम्पकै आदेशका कारण नेपालमा पनि युएसएडको अनुदानमा सञ्चालित कार्यक्रमहरू स्थगित भएका छन् भने बहुचर्चित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पनि रोकिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार