नेपाल किसान महासंघ बैतडीको अध्यक्षमा भट्ट

बैतडी : नेपाल किसान महासंघ बैतडीको जिल्ला अधिवेशनसम्पन्न गरिएकाे छ। अधिवेशनले भानदेव भट्टको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति गठन गरेको छ।

नेपाल किसान महासंघले किसानहरूको अधिकार संरक्षण, कृषि उत्पादन वृद्धिका लागि आवश्यक नीतिगत सुधार तथा आधुनिक प्रविधि प्रयोग प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। साथै, महासंघले किसानहरूको उचित बजार सुनिश्चितता, मल बीउ व्यवस्थापन, सिंचाइ सुविधा, वित्तीय पहुँच, कृषि बिमा तथा अनुदान प्राप्तिमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

यस अधिवेशनले बैतडीका किसानहरूको समस्यालाई प्राथमिकतामा राख्दै स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर व्यावसायिक कृषि प्रणाली विकास गर्न ठोस योजना निर्माण गर्ने लक्ष्य लिएको छ।

कृषि क्षेत्रको सशक्तीकरणका लागि किसान महासंघले निरन्तर रूपमा सचेतना अभिवृद्धि, नीति पैरवी तथा अधिकार स्थापनाका लागि संघर्ष गर्ने प्रतिज्ञा गर्दै अधिवेशन सम्पन्न भएको छ।

महासंघ केन्द्रिय सदस्य तथा बैतडी जिल्ला प्रतिनिधि उमा खत्री,नेपाल किसान महासंघ सस्थापक केन्द्रिय सदस्य बिष्णु दत्त जोशी नेपाली काङ्ग्रेस बैतडी जिल्ला पार्टी प्रतिनिधि महेन्द्र सिंह कार्की लगायत नेपाली काङ्ग्रेस बैतडीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार