ओडिसाको केआईआईटीले निकाल्यो नेपाली विद्यार्थी कुट्ने २ सुरक्षागार्ड

भक्तराज जोशी

काठमाडौँ : भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ।

विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेका थिए। बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको हो।

khadya

मंगलबार विश्वविद्यालयले उक्त घटनाबारे फलोअप सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानकारी दिएको छ। त्यस्तै छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृत पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ।

अहिले विश्वविद्यालयले विद्यार्थीलाई फर्काउन पहल गरिरहेको समेत जनाएको छ । त्यस्तै नेपाली विद्यार्थीको सुरक्षाका लागि सधैं प्राथमिकता दिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै नेपाली विद्यार्थीमाथि कर्मचारीले दिएका अपमानजनक अभिव्यक्तिप्रति पनि विश्वविद्यालयले माफी मागेको छ ।

नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ ।

दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् ।

विद्यार्थीको प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल छात्रावास छाड्न भनिएको छ ।

नेपाली विद्यार्थीलाई निष्कासन गरिएको खबर बाहिरिएपछि फिर्ता बोलाउन विश्वविद्यालय प्रशासनमाथि चौतर्फी दबाब परेको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले कूटनीतिक च्यानलमार्फत र सिधै विश्वविद्यालयसँग संवाद गरेपछि कलेज प्रशासनले विद्यार्थीलाई छात्रावासमा फर्कन सूचना जारी गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार