धजगढी : कैलालीको धनगढीमा मानव सेवा आश्रम धनगढी शाखाको भवन निर्माण मानवीय स्मारक निर्माणका लागि आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ सम्पन्न भएको छ । बुधवार सम्पन्न महायज्ञमा भवन निर्माणका लागि ४ करोड ८३ लाख दान सङ्कलन भएको छ ।
माघ २३ देखि ३० गते सम्म सञ्चालित महायज्ञमा प्रमुख कथा वाचक भगवत् भाष्कर कमलनयन गौतम रहेका थिए । २०७५ मंसिर १ गतेदेखि धनगढीमा सेवा दिँदै आएको मानव सेवा आश्रम धनगढी शाखाको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ आयोजना गरिएको थियो ।
मानव सेवा आश्रम हाल धनगढी उपमहानगरपालिका –५ र धनगढी उपमहानगरपालिका –१५ मा भाडाको घरमा सञ्चालन रहेको छ । महायज्ञबाट सहयोग सङ्कलन गरेर धनगढी उपमहानगरपालिका–१५ उर्मीमा निर्माणाधीन भवन पुरा गर्ने योजना रहेको छ । हाल आश्रममा ८० जना बेसहारा, असहाय, अभिभावकहीनहरूले आश्रम लिइरहेका छन् ।
प्रतिक्रिया दनुहोस्