वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ घर भई ललितपुरको ललितपुर महानगरपालिका–१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दियाको राजापुर नगरपालिका–७ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन्।

पक्राउ मध्ये प्रभाले सिंगापुर पठाइदिछु भन्दै ३ जना पीडितबाट ७ लाख रुपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रुपैयाँ र राकेशनले युके पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रभालाई ललितपुर महानगरपालिका–१ बाट र सिर्जनालाई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बाट आइतबार तथा राकेशनलाई भक्तपुर सूर्यविनायक नगरपालिका–४ बाट शुक्रबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार