सीआईडी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ

रूपन्देही : कपिलवस्तुमा आफूलाई प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा पक्राउ परेका हुन् ।

उनीहरू आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनी १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए । कपिलवस्तु प्रहरी टोलीले वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । हिरासतमा रहेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार