कञ्चनपुरको शुक्लाफाँटामा निःशुल्क आँखा शिविर, दुई सय १७ जना लाभान्वित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन्। वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो।

आँखासम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा पुगेका १० महिला र १३ पुरूषमा मोतिया बिन्दुको समस्या देखिएको छ। शिविरमा आँखा जाँचका क्रममा मोतिया बिन्दु भएका बिरामीको निःशुल्क रूपमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको शुक्लाफाँटा–९ वडाध्यक्ष रमेशबहादुर ऐरले बताए। 

Seti Hospital

मोतिया बिन्दु भएका बिरामीको धनगढी नेत्रालयले निःशुल्क रूपमा शल्यक्रिया गर्ने छ। शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई धनगढीसम्म जान एकतर्फि गाडी भाडा उपलब्ध गराइने छ भने बिरामीलाई औषधि र चश्मा निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको वडाध्यक्ष ऐरले बताए। शिविरमा आँखा उपचारका लागि पुगेकामध्ये ३२ जनालाई निःशुल्क रूपमा चस्मा उपलव्ध गराइएको छ।

अन्य बिरामीलाई निःशुल्क रूपमा औषधि र आवश्यक परामर्श दिने कार्य गरिएको छ। वडा कार्यालयले विगत छ वर्षदेखि निरन्तर रूपमा निःशुल्क रूपमा आँखा शिविर आयोजना गरी वडाका बासिन्दालाई आँखासम्बन्धी सेवा दिँदै आएको छ। हालसम्म वडाका छ सय बढी आँखामा मोतिया बिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको वडाध्यक्ष ऐरले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार