भीमबहादुर डडेल्धुरा हुँदै धनगढीमा, धनगढीलाई केन्द्र बनाएर आफ्नो अभियानलाई अघि बढाउने

धनगढी : नेकपा (एमाले) बाट कारबाहीमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका नेता डा. भीमबहादुर रावलले अब धनगढीलाई केन्द्र बनाएर आफ्नो अभियानलाई अघि बढाउने भएका छन्। पूर्वउपप्रधान तथा गृहमन्त्री एवं एमालेका पूर्व उपाध्यक्ष रावल गृहजिल्ला अछामको बसाइँ सकेर धनगढी फर्किएका छन्। उनी हिजो बेलुका धनगढी पुगेको र अब यतैबाट अभियानका काम थालिने जनाइएको छ।

माघ ५ गते मातृभूमि जागरण अभियान, नेपाल लिएर अछाम पुगेका उनी १५ दिनपछि धनगढी फर्किएका हुन् । उनी सो अवधिमा गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

khadya

केही समयदेखि सुदूरपश्चिम प्रदेशमा केन्द्रित रहेका रावलले आइतबार (हिजो) डडेल्धुरामा विभिन्न दलका नेताहरूलाई भेटघाट गरेका थिए। होटल राइनोमा उनले नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस (वीपी) का नेता तथा कार्यकर्ताहरूसँग छलफल गरेका थिए। भेटका क्रममा उनले आफ्नो अभियानमा साथ दिन आग्रह गरेको बताइएको छ।

अछामबाट डडेल्धुरा हुँदै धनगढी प्रस्थान गरेका रावलले आफूले केही समय यहीँ बसेर अभियानलाई थप सशक्त बनाउने योजना सुनाएका थिए। धनगढीलाई आधार बनाएर बेलाबेला पहाडी जिल्लाहरूमा पनि सक्रिय रहने उनले बताएका छन्।

रावलले झापाबाट सुरु गरेको मातृभूमि जागरण अभियानलाई हाल गृह प्रदेश सुदूरपश्चिममा तिब्रता दिएका छन्। उनी धनगढीमा रहेर आगामी योजनाहरू तय गर्ने र पहाडी तथा तराईका जिल्लाहरूमा आफ्नो अभियानलाई अझै व्यापक बनाउने तयारीमा छन्। उनको यो अभियानले सुदूरपश्चिमको राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय बनेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार