धनगढीमा जारी अर्जुन ट्रफी : आज डडेल्धुरा–झापा र अत्तरिया– काठमाण्डौं भिड्दै !

धनगढी : धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज पनि दुई खेल हुँदैछन । पहिलो खेलमा फेन्ड्स क्लब डडेलधुरा र बोस्टन क्रिकेट झापा बिच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोस्रो खेलमा सिवाइसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं  बिच प्रतिस्पर्धा हुनेछ ।

आइतबार सम्पन्न खेलमा सीवाईसी अत्तरिया र डीसीए धनगढी विजयी भएका थिए । अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गरेको थियो  भने धनगढीले घोडाघोडी ११ लाई ६९ रनको फराकिलो अन्तरले हराएको थियो ।

khadya

शनिवार देखि सुरु भएको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार