सशस्त्र प्रहरीका ६४० जवान सहायक हवल्दारमा बढुवा

काठमाडौँ : सशस्त्र प्रहरीका ६४० जवान सहायक हवल्दारमा बढुवा गर्न सिफारिस भएका छन् । साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात रिक्त हुन आउने सशस्त्र प्रहरी सहायक हवल्दार पद संख्या ६४० मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो ।

बढुवा समितिको शुक्रबारको निर्णयअनुसार सशस्त्र प्रहरी जवानहरूलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरूले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।

khadya

हेर्नुस् बढुवा सूची :-

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार