रवि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबार पुगे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । सभापति लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका हुन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो । संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो ।

Galaxy

रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका छन्। सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए। लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख, जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार