जसपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक जारी छ ।

वीरगञ्जको पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक बसिरहेको उपमहासचिव प्रदीप यादवले जानकारी दिए ।

Seti Hospital

बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय अध्यक्ष राई, सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष नवलकिशोर साह सुडी, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रनध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, उपमहासचिव प्रदीप यादव, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत सहभागी छन् । बैठक आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार