आजदेखि युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुँदै !

काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडि सार्दै युवालाई नीति निर्माणमा सहभागि गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिए ।

khadya

यस्तै, भेलाले वर्तमान समयमा युवा पुस्तालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरू खोजी गर्नेछ । भेलामा १ हजार ७ सय भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार