चार्जिङ स्टेशनमा ठेकेदार कम्पनीको ‘मोनोपोली’, चार्जिङसँगै पार्किङ शुल्क पनि असुल्न थाले

धनगढी । धनगढी उपमहानगरपालिकामा १४० किलोवाट क्षमताको विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । चार्जिङ स्टेशन सञ्चालनमा आएको करिब ६ महिना बितिसकेको छ ।

तर चार्जिङ स्टेशनमा चार्जिङ शुल्कसँगै पार्किङ शुल्क पनि तिर्नुपरेपछि नागरिक हैरान छन् । चार्जिङ स्टेशनमा चार्जिङ शुल्कसँगै लिइने छुट्टै पार्किङ शुल्कबारे व्यापक जनगुनासो बढेको छ ।

khadya

अहिले नागरिकले धनगढीमा रहेको विद्युतीय गाडीको चार्जिङ स्टेशनमा गाडी चार्ज गरेबापत प्रतिघण्टा ५० रुपैयाँ तिर्दै आएका छन् । गाडी चार्ज हुन्जेलसम्म रोकिएको अवधिको पनि चार्जिङ स्टेशन सञ्चालनको जिम्मा पाएको बालाजी कन्स्ट्रक्सनले छुट्टै पाकिङ शुल्क उठाउँदै आएको छ ।

एकातर्फ चार्जिङ शुल्क र अर्कोतर्फ छुट्टै पार्किङ शुल्क तिर्नुपरेपछि नागरिकहरु एउटै सेवाको दोहोरो शुल्क तिर्न बाध्य भएका छन् । हाल बालाजी कन्स्ट्रक्सनले मोटरसाइकल/स्कुटी/मोडेपको पार्किङ शुल्क प्रतिघण्टा २० रुपैयाँ, कार/जीप/डेलिभरी भ्यानको प्रतिघण्टा ४० रुपैयाँ र मिनी बस/माइक्रो बसको प्रतिघण्टा ६० रुपैयाँ असुल्दै आएको छ । यसरी एउटै सेवाको लागि दुईपटक शुल्क तिर्नुपरेपछि मर्कामा परेको नागरिकहरुले गुनासो गरेका छन् ।

त्यसो त केही समयअघिसम्म बालाजी कन्ट्रक्सनले यस्तो शुल्क लिने गरेको थिएन । तर पछिल्लो एक सातादेखि भने चार्जिङ शुल्कसँगै कम्पनीले पार्किङ शुल्क पनि लिन थालेको छ । यसरी एउटै सेवाका लागि दोहोरो शुल्क तिर्नुपरेपछि थप मर्कामा परेको नागरिकहरुले बताएका छन् ।

धनगढी उपमहानगरपालिकाले बालाजी कन्स्ट्रक्सनलाई चार्जिङ स्टेशन सञ्चालनका लागि वार्षिक २ लाखका दरले ठेक्का दिएको छ ।

उक्त चार्जिङ स्टेशनमा एक घण्टाभन्दा कम समयमा चार्ज गर्न मिल्ने ६० किलोवाटका दुई वटा डिसी र २२ किलोवाटको एउटा एसी चार्जर राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

13%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार