फेरि बढ्यो अमेरिकी डलरको मूल्य, कसको दर कति ? 8

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ ।

khadya

युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रूपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।

यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रूपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रूपैयाँ ८९ पैसा तोकिएको छ । स्वीस फ्र्यांक् एकको खरिददर एक सय ५२ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ३३ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ८२ पैसा र बिक्रीदर आठ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा तोकिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा कायम गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १२ रूपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २७ पैसा र बिक्रीदर १९ रूपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७८ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रूपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १९ पैसा तोकिएको छ ।

भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार