डोटी : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्य पदमा योगेन्द्र भट्ट निर्विरोध निर्वाचित भएका छन् । भट्ट भूगोलतर्फ डोटी जिल्लाबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
माघ १२ गते निर्वाचन हुन लागेको २३ औँ राष्ट्रिय सम्मेलनमा डोटी जिल्ला भूगोलबाट सदस्य पदमा एकल उम्मेदवारी परेपछि भट्ट निर्विरोध चयन भएका हुन् ।
भट्ट लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । निर्विरोध केन्द्रीय सदस्यमा चयन भएपछि भट्टले डोटी जिल्लाका प्रतिनिधि र सङ्गठनलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दनुहोस्