अखिल क्रान्तिकारीको केन्द्रीय सचिवका सशक्त उम्मेदवार प्रकाश जैशी

Call24News

 डोटी : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । लामो रसाकस्सीपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा अधिकांश विद्यार्थी नेताहरुले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

अखिलका नेता प्रकाश जैशीसमेत खुल्ला केन्द्रीय सचिवका लागि जबरजस्त रुपमा मैदानमा उत्रिएका छन् । एक दशकदेखि विद्यार्थी संगठनमै सक्रिय भएर लागेका प्रकाश केन्द्रीय नेतृत्वमा आउन प्रयासरत छन् । विद्यार्थी आन्दोलन र संगठनलाई सशक्त बनाउनका लागि उनले अखिल क्रान्तिकारीको केन्द्रीय सचिवका लागि उम्मेदवारी दिएको बताएका छन् । 

khadya


को हुन् प्रकाश ? 
डोटी जिल्लाको केआईसिंह गाउँपालिका–६ फलेडीमा जन्मेक प्रकाश जैशीलाई २०६४ सालदेखि नै राजनीतिक नशा लागि सकेको थियो । उक्त समयमा उनी जन्मेको फलेडी गाउँ माओवादीमय थियो । उक्त माहोलबाट नै राजनीतिमा लोभिएका प्रकाशले माओवादीलाई रहर र लहडमा होईनकी नीति, सिद्धान्तका आधारमा मन पराउन थाले । सानैदेखि राजनीतिक र सामाजिक काममा अग्रसर रहने प्रकाशलाई २०६४ को देखिएको राजनीतिक माहोलको प्रभाव प¥यो । सानैदेखि माओवादीका गाउँ, जिल्लामा हुने कार्यक्रममा उनी सहभागी हुन थाले । प्रकाशले गाउँमा सामाजिक काम गर्दै तत्कालिन गाविस स्तरिय बाल क्लवको अध्यक्ष भएर साविकको भुमिराजमाण्डौ गाविसलाई खुला दिशा मुक्त घोषणादेखि बालबिबाह, अन्धविस्वस, भेतभव, छुवाछूत लगायतका सामाजिक कुरितीका विषयमा उनी लडिरहे । विभिन्न जनचेतना मुलक कार्यक्रम, विधालयहरुमा शैक्षिक र खेलकुदका कार्यक्रमहरु, शैक्षिक सामग्री वितरण, सांस्कृतिक कार्यक्रमहरुको कमाण्ड पनि प्रकाशले सम्हाल्न थालि सकेका थिए ।

अखिल (क्रान्तिकारी)को २०६९ सालमा गाउकै देवस्थल माबिमा अध्यक्ष भएर आफ्नु राजनैतिक  यात्रा औपचारिक रुपमा सुरु गरेका प्रकाशले २०७० सालको निर्वाचनमा सक्रिय भूमिका खेलेका थिए । २०७१ सालमा डोटीकै दिल्पेस्वर माविमा कमिटी अध्यक्ष हुँदै २०७१ सालकै ५ औं डोटी जिल्ला सम्मेलनबाट जिल्ला कमिटीमा पाइला टेकेका थिए । त्यस यता संगठनमा नियमित कामगर्दै आएका प्रकाश २०७३ सालमा भएको स्वबियु निर्वाचनमा डोटी बहुमुखी क्याम्पसमा स्ववियु सह सचीव निर्वाचित भएका थिए । त्यसपछि माओवादी एमाले एकता भई नेकपा हुँदा प्रकाशले कार्यालय सदस्यको जिम्मेवारी पाएका थिए । तत्कालिन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विगठन पछिको आन्दोलनलाई गति दिन प्रकाशलाई विद्यार्थी संगठनको सह संयोजकको जिम्मेवारी दिइएको थियो ।

उनी सह संयोजक भएपछी डोटी जिल्लामा आन्दोलन झन सशक्त बन्यो । अदालतले एमाले माओवादी अलग अलग हुने निर्णय गरेपछि २०७७ सालमा प्रकाश अखिल ( क्रान्तिकारी) को डोटी जिल्ला संयोजक भए । त्यसपछि आन्दोलन चर्काउने संगै संगठानिक गतिविधि र रचनात्मक क्रियाकलापमा प्रकाशले ध्यान दिदै गए । जिल्लाका सबै क्याम्पस, विधालयहरुमा इकाई कमिटी गठन गर्दै, स्थानिय तहका सम्मेलन गर्दै डोटी जिल्लामा उनकै नेतृत्वमा ऐतिहासिक ७ औं जिल्ला सम्मेलन भव्य रुपम सम्पन भयो र उनलाई जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वचित ग¥यो ।

त्यसपछि गतिहिनतामा रहेको संगठन गतिशील भयो । जिल्ला व्यपी संगठन विस्तार भयो । तमाम रचनात्मक क्रियाकलापहरु सञ्चालन भए । सबै माबि, क्याम्पसमा कमिटी गठन र सम्मेलन भए । सबै स्थानय तहमा संगठनका सम्मेलन भए । शिक्षामा रुपान्तरणसँगै व्यबासायिक बनाउन अपिल गर्दै शैक्षिक रुपान्तरण नामक मुखपत्र प्रकाशनदेखि तमाम शैक्षिक आन्दोलन र अन्तक्रिर्या कार्यक्रम प्रकाशले नै सञ्चालन गरेका थिए ।

उनकै नेतृत्वमा ८ औं जिल्ला सम्मेलनसमेत भव्य रुपमा सम्पन्न भयो । र उनी हाल केन्द्रीय सदस्यको जिम्मेवारी छन् । संगठनलाई चलायमान बनाउन, मजबुत, लोकप्रिय र क्रान्तिकारी संगठन निर्माण गर्न, शिक्षामा भएको व्यापरिकरण र दुई प्रकारको शिक्षा प्रणालिको अन्त्य गर्न, बेरोजगार उत्पादन गर्ने कारकानाको रुपमा रहेका विधालय विश्वविधालयहरुको शिक्षालाई व्यसायिक शिक्षा प्रदान गर्नका लागि प्रकाशले अनेरास्ववियू (क्रान्तिकारी) को खुल्ला केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएको बताएका छन् ।

सबै खाले राजनीतिक अपराध र अराजकताको सशक्त प्रतिबाद गर्न, सडक बाघ संगठन निर्माण गर्न लगाएतका तमम विद्यार्थी शैक्षिक मुद्दा र आम जनताका जनजीवनका सवालमा आवाज बुलन्द गर्न, राष्ट्रियता स्वाधिनता र विकास, सुशासन, समृद्धिका क्षेत्रमा काम गर्नका लागि काम गर्ने योजना प्रकाश जैशीको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार