बैतडीमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

Call24News

बैतडी: बैतडीमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा जिल्ला अस्पतालमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

यही माघ १३ गते आयोजना हुने शिविरमा डिप्रेशन, कन्र्भजन डिस अर्डर, फोयिबा, एनेक्जिेटिया लगायतका मानसिक समस्या भएका बिरामीहरुलाई सेवा दिईने अस्पतालका प्रमुख डा. सुशील बि.क. ले जानकारी दिए ।

khadya

उनले प्रत्येक महिनाको एक दिन अस्पतालमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अनुसार शिविर आयोजना गर्न लागिएको बताए । उक्त शिविरमा मनोरोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिने बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार