वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिलालाई पक्राउ

Call24News

काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका(४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो। यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ।

Galaxy

माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो।

अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि सिंहदरबार वृत्तले अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार