एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक

काठमाडौँ : ‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’

साथै, उनले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी गराए । ‘सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा के के काम भइरहेको छ भन्नेबारे ब्रिफिङ गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘मन्त्रीजीहरूसमेत उपस्थित भएर छलफल भएको छ ।

Seti Hospital

अत्यन्त राम्रो र सौहार्दपूर्ण ढंगले छलफल भएको छ ।’ सबै मन्त्रीहरूबाट एमालेसँग भएको ७ बुँदे समझदारी अनुसार अघि बढ्न केन्द्रीत हुनुपर्ने भनाइ आएको उनले जानकारी गराए । ‘सबै माननीय मन्त्रीज्यूहज्ञबाट आएको कुरा भनेको ७ बुँदे समझदारी अनुसार यो समीकरणलाई अघि लिएर जाने कुरामै हामी केन्द्रीत हुने हो,’ उनले भने, ‘दोस्रो सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रोसँग प्रवाह गर्ने, आर्थिक सुशासन कायम गर्न केन्द्रीत भएर काम गर्ने कुरा भएको छ ।’ नेपाली कांग्रेस र एमालेको सहमति अनुसार अघि बढ्न सभापति देउवाले निर्देशन दिएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

समबन्धित समाचार