चार महिनापछि सुदूरपश्चिममा माघ ६ गते प्रदेश सभाको बैठक बस्दै !

धनगढी : चार महिनादेखि चल्न नसकेको सुदूरपश्चिम प्रदेश सभाको बैठकको मिति तय गरिएको छ। यही माघ ६ गते प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो।

 प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। यसैबिच बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ। गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार