रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने !

Call24News

काठमाडौं : रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस सुरु भएको हो ।

लामिछाने गत आइतबार बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए । आइतबार नै लामिछानेको थुनछेक बहस सुरु भएको थियो ।

khadya

बहस नसकिएपछि आइतबार र सोमवार उनलाई हिरासतमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाई बुधवार मात्रै अदालत लगिएको हो ।

थुनछेक बहस आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आज आदेश आउनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ ।

यसअघि पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार