आज चार संसदीय समितिको बैठक बस्दै !

Call24News

काठमाडौँ : आज (बुधबार) चार वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान एघार बजे बस्ने अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण विधेयक, २०८०’ माथि छलफल हुनेछ। 

त्यस्तै, बिहान एघार बजे नै कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका प्रहरी हिरासतको अनुगमन र संघीय संसदका ऐन कानूनको कार्यान्वयन चुनौतीका विषयमा गठित उपसमितिहरूको प्रतिवेदन पेश हुनेछ। यसमा कैलाली, धनुषा र दाङमा भएका अन्तरक्रिया कार्यक्रमहरूको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। 

khadya

साढे एघार बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन प्रतिवेदन, २०८०’ सार्वजनिक र छलफल हुनेछ। अन्तमा, दिउँसो एक बजे विधायन व्यवस्थापन समितिको बैठकमा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ को दफावार छलफल गरिने छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार