आज रवि लामिछानेको थुनछेक बहसमा निर्णायक चरण !

Call24News

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा दायर मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै राख्ने आदेश दिइएको थियो। मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी बहस आजका लागि तय भएको हो।

Seti Hospital

सरकारी वकिल कार्यालयका ११ जना कानुन व्यवसायीले सोमबार बहस गरेका थिए। उनीहरूको तर्फबाट बहस सकिएपछि जाहेरवालाका वकिल डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले आफ्नो पक्ष राखेका थिए।

आजको सुनुवाइमा लामिछानेका वकिलहरूले बहस गर्ने क्रम जारी रहनेछ। उनका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमन श्रेष्ठले अदालतसमक्ष तर्क प्रस्तुत गर्नेछन्।

लामिछानेमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप लागेको छ। यो प्रकरणमा उनीसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।

यसअघि, पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। धरौटी रकम बुझाएपछि उनी थुनामुक्त भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार